दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
धादिङ – धादिङमा प्रतिनिधि सभाको मतगणनाको पछिल्लो तथ्याङ्कअनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
धादिङ १ मा दुई हजार पाँच सय ३० मतगणना गर्दा नेकपा एमालेका भूमि त्रिपाठीले एक हजार एक सय ६५, नेकपा एसका राजेन्द्र पाण्डेले एक हजार २९ र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले एक सय ६० मत पाउनुभएको छ ।
यसैगरी क्षेत्र नम्बर २ काे पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायम गर्नुभएको छ । एक हजार ४७ मत गणना हुँदा उहाँले चार सय ७५, एमालेका खेम लोहनीले चार सय १४ र राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमायाँ तामाङले ५१ मत प्राप्त गर्नुभएको छ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।