गुल्मी - २ मा गोकर्ण विष्टको फराकिलो मतको अग्रता कायमै

 मंसिर ५, २०७९ सोमबार २३:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतअन्तर फराकिलो बनाउँदै लैजानुभएको छ ।

पछिल्लो विवरणअनुसार एमालेका विष्टले २ हजार ५४७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले एक हजार ७३१ मत प्राप्त गर्नुभएको छ । विष्टले ८१६ मतकाे अग्रता बनाउनुभएकाे छ ।

विष्ट र झाँक्री पूर्वसहकर्मी हुनुहुन्छ । एमालेमा रहेर लामो समयसम्म सहकार्य गर्नुभएका उहाँहरू एमाले विभाजन हुँदा विष्ट एमालेमै रहनुभएको थियो भने झाँक्री नेकपा एकीकृत समाजवादीमा जानुभएको थियो ।
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया