वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करो...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको मतगणनाकाे पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले तीन तथा एमालेले एक स्थानमा विजय हासिल गरेका छन् ।
कांग्रेसले मुस्ताङ, मनाङ र काठमाण्डाै १ बाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नम्बर २ मा जित हासिल गरेको छ ।
कांग्रेसका योगेश गौचन थकाली ३ हजार ९ सय ९२ मत प्राप्त गरी मुस्ताङबाट विजयी हुनु भएको हो । उहाँ कांग्रेसबाट विजयी हुने पहिलो प्रतिनिधि सभा सदस्य बन्नु भएको छ । नेविसंघबाट राजनीति सुरु गर्नु भएका २९ वर्षे थकाली पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । त्यस्तै मनाङमा जित हासिल गर्ने टेकबहादुर गुरुङ कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री हुनुहुन्छ । उहाँले २ हजार ५ सय ७५ मत प्राप्त गर्नु भएको छ ।
रातिकाे दुई बजेतिर काठमाण्डाै १ बाट कांग्रेसका प्रकाशमान सिंह निर्वाचित हुनुभयाे । सिंहले ७ हजार १४० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा एमालेले पनि आफ्नो जितको खाता ललितपुरबाट खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको हो । उहाँले १५ हजार २५ मत प्राप्त गर्नुभयो ।
आज राति २ बजेसम्मको मतगणनामा नेपाली कांग्रेस ४२, एमाले ३०, माओवादी ११, राष्ट्रिय स्वतन्त्र पार्टी १० ले अग्रता कायम गरेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादी ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ स्थानमा अग्रता कायम गरेका छन् ।
प्रदेश सभातर्फ भने मुस्ताङको दुवै स्थानमा कांग्रेस विजयी भएको छ । प्रदेशसभा ‘क’ मा नम्डू गुरुङ र प्रदेशसभा ‘ख’ मा विकल शेरचन विजयी हुनुभएको हो ।
मनाङको प्रदेशसभा ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ भने प्रदेशसभा ‘ख’ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।