अहिलेसम्म कहाँ–कहाँ आयो नतिजा ?

 मंसिर ५, २०७९ मंगलबार ५:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ४ वटाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ३ निर्वाचन क्षेत्रमा जित हात पारेको छ ।

कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत, काठमाण्डौ १ मनाङ र मुस्ताङ तथा प्रदेशसभा अन्तर्गत मनाङ क र मुस्ताङको क र ख प्रदेशमा जित हात पारेको हो । एमाले प्रतिनिधिसभा अन्तर्गत ललितपुर २ मा विजयी भएको छ । पछिल्लो नतिजाअनुसार काठमाण्डौ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित हुनुभएको छ । सिंहले ७ हजार १४३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई ६ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो । यस्तै हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याउनुभयो भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याउनुभएको छ । यसैगरी मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको हो । मनाङ ख मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजिव गुरुङको मात्रै उम्मेदवारी परेको थियो । मुस्ताङमा नेपाली कांग्रेसले क्लिन स्विप गरेको छ । प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको मुस्ताङका सबै सीटमा कांग्रेसले जीत हासिल गरेको हो । प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । यस्तै मुस्ताङको प्रदेशसभा क मा नेपाली कांग्रेसका नम्डु गुरुङ र प्रदेशसभा ख मा कांग्रेसकै विकल शेरचन विजयी बन्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया