मोरङ-१ र २ मा एमाले, ३ मा कांग्रेसको अग्रता

 मंसिर ६, २०७९ मंगलबार ७:४०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – मोरङका दुई वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता कायम गरेको छ।  निर्वाचन क्षेत्र नं. १ मा एमालेका घनश्याम खतिवडाकाे सुरुवाती अग्रता रहेकाे छ । 

४ हजार ४०३ मतगणना हुँदा खतिवडाले १ हजार ७०१ मत ल्याउनु भएकाे छ। उहाँलाई नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले पछ्याइरहनु भएकाे छ । लिम्बुले १ हजार १७० मत ल्याउनु भएकाे छ।

क्षेत्र नं. २ मा एमालेका ऋषिकेश पोखरेलले अग्रता लिनु भएकाे छ। १ हजार मत गणना गर्दा एमालेका पोखरेलले ५ सय ८ मत प्राप्त गर्नु भएकाे छ । पोखरेललाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालाले ४०७ मतका साथ पछ्याइरहनु भएकाे छ ।

क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका डा. सुनिल शर्माले सुरुवाती अग्रता लिनु भएकाे छ । शर्माले ३ हजार ५६१ मतगणना हुँदा १ हजार ८९२ एमालेका भानुभक्त ढकालले ९७६ र राप्रपाकी रेखा थापाले ३८८ मत ल्याउनु भएकाे छ । 

क्षेत्र नं. ४, ५ र ६ को मतगणना जारी छ । ४ मा माओवादी केन्द्रका अमनलाल मोदी, ५ मा स्वतन्त्रका योगेन्द्र मण्डल (जोगी) र क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाको अग्रता कायमै छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया