सिन्धुलीमा गठबन्धनका उम्मेदवारको अग्रता

 मंसिर ६, २०७९ मंगलबार ७:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली - सिन्धुलीमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

सिन्धुली-१ मा प्रतिनिधि सभा तर्फ ७ हजार ४ सय ९० मतगणना हुँदा गठबन्धनका उम्मेदवार श्याम कुमार घिमिरेले ३ हजार ८ सय १ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका प्रदीप कटुवालले ३ हजार १ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मेनुका ठकुरीले १ सय ९३, राप्रपाका शालिकग्राम माँझीले ४६ मत प्राप्त गर्नुभएको छ ।

सिन्धुली क्षेत्र नं. २ को प्रतिनिधि सभामा ८ हजार ९ सय ८७ मत गणना हुँदा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहालले ५ हजार १२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका मनोज जङ्ग थापाले ३ हजार ३ सय ९१ म्त प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया