वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करो...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य चुनावकाे मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ ।
अहिलेसम्मकाे मतगणनामा बस्नेतले ५ हजार १ सय ४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले ३ हजार ४ सय ३४ मत प्राप्त गर्नुभएको छ । तामाङ बस्नेतभन्दा १७ सय १५ मतले पछि हुनुहुन्छ ।
प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का युवराज दुलालको अग्रता रहेको छ । माओवादी केन्द्रले ४ हजार ५ सय २९ मत पाउँदा एमालेका अमानसिं तामाङले २ हजार ८ सय ४४ मत पाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।