राष्ट्रिय क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा माेन्टी देसाई नियुक्त
माघ २३, २०७९ सोमबार
चितवन – चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थाल्नुभएको छ ।
हिजाे सोमवारदेखि मतगणना सुरु भएदेखि पछि परिरहनुभएका रवीले आज मङ्गलवार दिउँसोदेखि अग्रता बनाउन थाल्नुभएको हो । ताजा परिणामअनुसार उहाँले ४ हजार ७ मत ल्याउनुभएको छ ।
यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याउनुभएको छ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।