दैलेख १ मा एमालेका शर्माकाे अग्रता, नेकपा एसका थापा २ सय ६ मतले पछाडि

 मंसिर ६, २०७९ मंगलबार १५:५८:३६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिइरहेकाे छ ।  

अहिलेसम्म १३ हजार ८ सय १७ मतगणना हुँदा एमालेका रविन्द्रराज शर्माले ५ हजार ९ सय ३१ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले ५ हजार ७ सय २५ मतसहित पछ्याइरहनु भएकाे छ । शर्मा र थापाबीचकाे मत अन्तर २ सय ६ रहेकाे छ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुमारी शाही १ हजार ११ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया