ताप्लेजुङमा मत गणना सुरु

 मंसिर ६, २०७९ मंगलबार १७:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा मत गणना सुरु भएको छ । प्रतिनिधि सभा सदस्यको लागि १ र प्रदेश सभा २ स्थान रहेको ताप्लेजुङमा  दिउँसो साढे बजेदेखि मतगणना सुरु भएको हो । मत दुई ठाउँ बनाएर गन्न थालिएको छ । 

एक ठाउँमा जिल्लाको फक्ताङलुङ गाउँपालिका ७ को हिमाली गाउँ याङ्मा र ओलाङचुङगोला मतदान केन्द्रबाट मत गणना सुरु गरिएको हो । जिल्लामा सबैभन्दा थोरै याङ्मामा १२ मत र ओलाङचुङगोलाको ९७ मत खसेको थियो ।

फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ को हिमाली बस्ती घुन्सा र ग्याव्लाका मतपेटिकाहरु खन्याएर मत गणना थालिएको छ । 

जिल्लामा प्रतिनिधिसभा तर्फ ९ पार्टीका ९ र स्वतन्त्र २ गरी ११ जना चुनावी मैदानमा छन् । प्रदेश सभा १ तर्फ ७ वटा पार्टीका ७ जना र १ स्वतन्त्र गरी ८ जना र प्रदेश २ मा ७ पार्टीका ७ जना उम्मेदवार रहेका छन् । 

८८ हजार २८५ मतदाता रहेकोमा प्रत्यक्ष तर्फ ४८ हजार ३७२ मत खसेको छ भने प्रतिनिधि सभाको लागि समानुपातिक तर्फ ४८ हजार ९५० मत खसेको निर्वाचन कार्यालय ताप्लेजुङले बताएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया