बझाङमा मतगणना सुरु

 मंसिर ६, २०७९ मंगलबार १७:१४:३५ | विमल बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा मतगणना सुरु भएको छ । गएको आइतवार भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतगणना आज मङ्गलवार दिउँसोदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको हो । 

बझाङबाट प्रतिनिधि सभा सदस्यका सात जनाको उम्मेदवारी रहेको छ । नेकपा एमालेबाट ऐनबहादुर महर उम्मेदवार रहँदा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै राप्रपाका विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जसपा नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार (डम्मरबहादुर खड्का र रामचन्द्र राना) रहेका छन् ।

यता प्रदेश सभा (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, एमालेबाट अफिलाल ओखेडा, राप्रपा नेपालका कर्णबहादुर खड्का र राप्रपाका हरिलाल भट्टराई उम्मेदवार छन् । 

प्रदेश सभा सदस्य (ख) मा एमालेका लालबहादुर (एलबी) रावल, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी, राप्रपाका वीरेन्द्रबहादुर मल्ल र राप्रपा नेपालका कृष्णबहादुर सिंह चुनावी प्रतिस्पर्धामा छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया