रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
सिन्धुली – सिन्धुली २ (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गङ्गानारायण श्रेष्ठ विजयी हुनुभएको छ।
बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा (एमाले)का रामकुमार पौडेललाई तीन हजार दुई सय १२ मतान्तारले पछि पार्दै बाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । श्रेष्ठले १३ हजार एक, पौडेलले नौ हजार सात ८९ मत प्राप्त गर्नुभएको छ ।
मङ्गोल नेशनल अर्गनाइजेशनका तुलसी राईले दुई सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका टलकबहादुर कार्कीले एक सय ७७, जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले ३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।