सूर्य थापाको अग्रता कायमै : मतान्तर घटाउँदै दुर्गा

 मंसिर ७, २०७९ बुधबार ९:४२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्युठान - सुरुवातदेखि नै अग्रता कायम गरेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर घट्न थालेको छ ।

झिमरुक गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले मतान्तर घटाउनु भएको हो । अहिले सूर्य थापाले २२ हजार १२३ र दुर्गा पौडेलले १८ हजार ८०८ मत प्राप्त गर्नुभएको छ ।

दुई उम्मेदवार बीचको मतान्तर ३ हजार ३१५ मतान्तर रहेको छ ।

यसअघि गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाको मत गणना सकिँदासम्म ४ हजार ६७६ मतान्तर रहेको थियो। जिल्लाको ६४ वटा वडा रहेको प्युठानमा ३५ वटा वडाको मत परिणाम सार्वजनिक हुँदासम्म एमालेले अग्रता लिइरहेको छ ।

अहिलेसम्म सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका, ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकाको मतगणना सकिएको छ । अहिले मल्लरानी गाउँपालिकाको मत गणना चलिरहेको छ ।
 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया