पूर्वी नवलपरासी-१ मा शशाङ्कको अग्रता कायमै

 मंसिर ७, २०७९ बुधबार १२:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अग्रता कायमै राख्नुभएको छ। मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गर्नुभएको छ ।

कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहनुभएको छ भने नेकपा (एमाले) का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ ।

पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राख्नुभएको छ। कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया