बाग्लुङबाट चित्रबहादुर केसी विजयी, जनमाेर्चाकाे पहिलाे जित

 मंसिर ७, २०७९ बुधबार १५:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – राष्ट्रिय जनमोर्चाले बाग्लुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी सुरुवात गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

जनमोर्चाका केसीले २१ हजार ४ सय ५१ मत ल्याएर निर्वाचित हुनुभयाे । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका अनुसार केसी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकभन्दा २ हजार ६ सय २६ को मतान्तरले विजय हुनुभएकाे हाे । पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गर्नुभयाे । केसी सत्तारूढ गठबन्धनकाे साझा उम्मेदवार हुनुहुन्थ्याे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ९ हजार १ सय ८१ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३, नेपाली कांग्रेस (वीपी) का शिवलाल सापकोटाले १ सय २५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १ सय ९३ मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया