चितवन ३ मा विक्रम पाण्डे ६ हजार ४ सयभन्दा धेरै मतले अगाडि

 मंसिर ७, २०७९ बुधबार १६:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले अग्रता कायम राख्नुभएको छ । उहाँ माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ ।

३५ हजार ७०७ मत गन्दा पाण्डेले १४ हजार ४ सय ३० मतसहित अग्र स्थानमा हुनुहुन्छ । माओवादी उम्मेदवार अधिकारीले ७ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको छ ।

अधिकारीभन्दा पाण्डे ६ हजार ४३९ मतले अघि हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जीता बरालले ७ हजार ५४० मत ल्याउनुभएको छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४ हजार ८८८ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया