दैलेख १ मा नेकपा एसका थापा एमालेका शर्माभन्दा ५६ मतले अघि

 मंसिर ७, २०७९ बुधबार १६:५९:५१ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेख प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी (एस) ले अग्रता लिएकाे छ । 

अहिलेसम्म ३४ हजार ७ सय ६५ मतगणना हुँदा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १४ हजार २ सय २ मतसहित अग्रता लिनुभएकाे छ । उहाँलाई नेकपा एमालेका रविन्द्रराज शर्माले १४ हजार १ सय ४६ मत प्राप्त गर्नुभएकाे छ । थापा र शर्माबीचकाे मतान्तर ५६ रहेकाे छ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुरमाी शाहीले ३ हजार ९ सय ६५ मत प्राप्त गर्नुभएकाे छ । नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङले ६ सय २ र राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले २ सय ९७ मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया