भारी मतान्तरसहित ओखलढुङ्गामा कांग्रेसका रामहरि खतिवडा विजयी

 मंसिर ७, २०७९ बुधबार १७:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गामा भारी मतसहित कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।

खतिवडाले एमाले उम्मेदवार यज्ञराज सुनुवारलाई झण्डै ७ हजार मतान्तरले पराजित गर्नुभएको हो ।  खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुनुभयो भने खतिवडाका प्रतिद्वन्द्वी  एमाले उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत पाउनुभयो । उहाँहरूबीच ६ हजार ८१८ को मतान्तर छ । 

२०७४ सालमा वाम गठबन्धन हुँदा सुनुवारले ५ हजार २५३ मतले खतिवडालाई पराजित गर्नुभएको थियो । त्यसबेला सुनुवारलाई साथ दिएको माओवादी र एमालेबाट फुटेर गठन भएको एकीकृत समाजवादी समेतको गठबन्धनले साथ दिएपछि खतिवडाको जित सहज बनेको हो । 

पालिकाको वडा अध्यक्षको मत जोड्दा १० हजार बढी गठबन्धनको भोट देखिएकाले खतिवडाले जित्ने पूर्व आकलन थियो । गठबन्धनको झण्डै ३ हजार मत सुनुवारले ताने पनि जित निकाल्न सफल हुनुभएन । 

निर्वाचित भएपछि खतिवडालाई बधाई दिँदै सुनुवारले आफूले जितेर जिल्लावासीको शिर निहुरिने कुनै काम नगरेको भन्दै खतिवडाको जित राष्ट्रिय स्वाभिमान विरुद्ध प्रयोग नहोस् भनेर शुभकामना व्यक्त गर्नुभयो । खतिवडाले पनि आफ्नो जितले विकास र लोकतन्त्र नहार्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया