जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा रहेको सभा गृहमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष मतपत्रको पेटिकामा एक पत्र भेटिएको छ । मतपेटिकाबाट मतपत्र खसाल्ने क्रममा एउटा मतपत्रभित्र पत्र भेटिएको जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले जानकारी दिनुभयो ।
पत्रमा लेखिएको छ, ‘पटक–पटक परीक्षण भएका नेतालाई कति भोट हालम् । त्यसैले यो पटक कसैलाई भोट नदिने निर्णय गरेँ । कुनै उम्मेदवारमा पनि राजनीतिक संस्कार पाइनँ ।’
‘स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावमा पटक–पटक जितेका जनप्रतिनिधिबाट आजसम्म अर्घाखाँचीको विकासमा कसैको ध्यान पुग्न सकेन । अब ४/५ वर्षपछि हुने स्थानीय चुनावमा सन्धिखर्क नगरपालिकाको मेयर पदमा उम्मेदवार दिएर विजयी भएर कसरी हो काम गर्ने भन्ने उदाहरण देखाउनेछु । अनि म बाट सिक्नेछन् प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले ।’
‘विकासका निम्ति आएका अर्बाैँ रपैयाँ बजेट अलिअलि काम गरेजस्तो गरी उही नेता र नेताका बिचौलियाले खाँदा ठिक्क छ । मत गन्दै गरेको तपाईँलाई पनि कस्तो व्यक्तिको मत गनेर विजयी घोषणा गर्नुपरेको छ भन्ने लागेको होला । सोच्नुहोस् त ।’
पत्रमा गोरुसिंगे सन्धिखर्क बाटो, जिल्ला अस्पतालको हालत, सन्धिखर्क बजारको जग्गा अतिक्रमण, गरिबी र बेरोजगारी, जनताको कालो दिन, असन्तुष्ट मतदाता भन्ने लेखेर हस्ताक्षर गरिएको छ ।