जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
अर्घाखाँची – एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीन वटै सिटमा एमाले विजयी भएको छ । प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझीले ४२ हजार ६ सय ७५ मत लिएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभएको हो । रायमाझीले २०६४, २०७०, २०७४ र २०७९ गरि ४ पटक विजयी हुनुभएको छ । हाल रायमाझी नेकपा एमाले केन्द्रीय सचिव रहनुभएको छ पुर्व उपप्रधानमन्त्री भइसक्नुभएका रायमाझीले पटक पटक मन्त्री भइसक्नुभएको छ ।
प्रदेशसभा क मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । उहाँ २० हजार ५ सय ४८ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७सय ७८ मत प्राप्त गर्नु भएको छ । आचार्य २०७४ सालमा पनि यहीँ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा विजयी हुनुभएकाे थियाे । लुम्बिनी प्रदेशको कानुन मन्त्री समेत बनेका आचार्य एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।
यस्तै प्रदेश सभा ख मा नेकपा एमालेका उम्मेदवार रामजिप्रसाद घिमिरे विजयी हुनुभएको छ । घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गर्नुभयो । घिमिरेले ८ सय १ मतअन्तरले विजयी हुनुभएको हो । घिमिरे निवर्तमान प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश सचिवालय सदस्य समेत रहनुभएको छ ।