खोटाङ प्रदेश (क)मा एमालेका पाँचकर्ण राई विजयी

 मंसिर ७, २०७९ बिहिबार २:४७:२ | दमन राई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – खोटाङ प्रदेशसभा (क)मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई विजयी हुनुभएकाे छ । यसअघि संविधानसभा सदस्य बनिसक्नुभएका उहाँ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईलाई १ हजार १९२ मतले पछि पार्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएकाे हाे ।

पाँचकर्णले १३ हजार १५७ मत पाउँदा विरबलकाजीले ११ हजार ९६५ मत पाउनुभयाे । गठबन्धन विरुद्ध कांग्रेसका धर्मराज पोखरेलले बागी उम्मेदवारी दिएको प्रत्यक्ष फाइदा एमालेका राईलाई भयाे । पोखरेलले ३ हजार १४५ मत ल्याउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया