दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
धादिङ - झिनो मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ धादिङ–२ को प्रदेश सभा २ बाट विजयी हुनुभएको छ । राप्रपाका उम्मेदवार तामाङ प्रतिस्पर्धीसँग १ सय ३१ मतान्तरले विजयी हुनुभएको हो । तामाङले १४ हजार ४ सय ८१ प्राप्त गर्नुभयो ।
उहाँका निकटतम् प्रतिस्पर्धी ५ दलीय सत्ता गठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रका जगतबहादुर सिंखडाले १४ हजार ३ सय ५० प्राप्त गर्नुभएको छ । यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका सन्तोषकुमार तमाङले ४ सय ८७ प्राप्त गर्नुभएको छ ।
धादिङ क्षेत्रनम्बर २ को प्रदेश सभा २ मा ६२ हजार ९ सय ४१ मतदाता रहेकोमा २९ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए । धादिङको यसक्षेत्रमा राप्रपा र एमालेले चुनावी तालमेल गरेका थिए ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।