ललितपुर–३ : स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रोमा

 मंसिर ८, २०७९ बिहिबार ८:५८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । कार्कीले प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्नुभएको हो ।

डा. कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्नुभएको विवरण छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउनुभएको छ । यसअघि २०७४ को चुनावमा पम्फा भुसाल ललितपुर-३ बाट विजयी हुनुभएको थियो । यसपालि उहाँ तेस्रो हुनुभएको छ । मुख्य निर्वाचन कार्यालयले नतिजाको आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

कार्कीसहित राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म काठमाण्डौमा ५ वटा क्षेत्रमा जितेको छ । काठमाण्डौ-६ मा शिशिर खनाल, काठमाण्डौ-२ मा सोबिता गौतम, काठमाण्डौ-७ मा गणेश पराजुली र काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया