कतार विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : पोर्चुगलले घाना र ब्राजिलले सर्बियासँग खेल्दै

 मंसिर ८, २०७९ बिहिबार ९:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘जी’ र समूह ‘एच’ का दुई/दुई वटा खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड र क्यामरुन खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । 

यस्तै, आजको अर्को खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । विश्व कप फुटबल अन्तर्गत नै आज हुने तेस्रो खेलमा पोर्चुगल र घाना खेल्दैछन् । समूह ‘एच’ को पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै,आज राति हुने खेलमा ब्राजिल र सर्बिया प्रतिस्पर्धा गर्नेछन् । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । विश्व कप फुटबलमा आज बिहान भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हराउँदै विजयी सुरुआत गरेको छ ।

त्यस्तै स्पेनले कोस्टारिकालाई ७–० गोलकाे फराकिलो अन्तरले हरायो । हिजो भएको खेलमा जापानले जर्मनीलाई २–१ को गोलले हरायो । क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया