प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको ५ लाख मत नाघ्यो

 मंसिर ८, २०७९ बिहीबार १०:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमालेले ५ लाख मत कटाएको छ । एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको आज बिहान १० बजेसम्मको विवरण अनुसार नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिकतर्फ ५ लाख ५ हजार ९३० मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली कांग्रेस दोस्रोमा छ । उसले ४ लाख ६८ हजार ४२९ मत ल्याएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ५८ हजार ९९७ मत रहेको छ।

त्यस्तै माओवादी केन्द्रको २ लाख २९ हजार ८६० छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३५ हजार ७१२, जनता समाजवादी पार्टी, नेपालले ५७ हजार १५१, नेपाल मजदुर किसान पार्टीले ४७ हजार १८२, नागरिक उन्मुक्ति पार्टीले ३३ हजार १५८, जनमत पार्टीले ३२ हजार ९८८, नेकपा (एकीकृत समाजवादी) ३२ हजार ६८५ र अन्य दलको १ लाख १० हजार ६८० मत रहेको निर्वाचन आयोगले जनाएको छ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया