कैलाली–४ मा गठबन्धनको 'क्लिन स्वीप'

 मंसिर ८, २०७९ बिहिबार ११:५३:१५ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीको  निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार वीर बहादुर बलायर विजयी हुनुभएकाे  छ ।

नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित हुनुभएकाे हाे । बलायरले २६ हजार १ सय ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५ सय ३३ मत पाउनुभएकाे छ ।

प्रदेश सभा  १ र २ मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी हुनुभएकाे छ ।

प्रदेश सभा १ मा सोडारीले १३ हजार ४८९ मतसहित प्रतिद्वन्द्वी नेकपा एमालेका भीम देउवालाई पराजित गर्नुभयाे ।  देउवाले ९ हजार ४२३ मत प्राप्त गर्नुभएकाे छ । उहाँहरुबीचको मतान्तर ४ हजार ५६ छ।

यो क्षेत्रमा ३१ हजार ५७४ मत खसेको थियो।

प्रदेश सभा २ मा नेपाली कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई ५ सय १६ मतलले पछि पार्दै विजयी हुनुभएकाे हाे । बमले १२ हजार ४ सय ७३ मत प्राप्त गर्नुभयाे भने साउदले ११ हजार ९५८ मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया