एमाले महासचिव माओवादीबाट र माओवादी महासचिव एमालेबाट पराजित

 मंसिर ८, २०७९ बिहिबार १२:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित भएका छन् । पोख्रेललाई माओवादी नेतृ रेखा शर्माले र गुरुङलाई एमाले नेता पृथ्वी सुब्बा गुरुङले पराजित गर्नुभएको हो । 

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ।

यस्तै लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउँदै एमाले सचिव गुरुङ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । विजयी पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गनुभयो । माओवादीका देव गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याउनुभयो ।

२०७४ सालको चुनावमा बाम गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादीले धेरै ठाउँमा कांग्रेसलाई पराजित गरेका थिए । यसपटक माओवादी कांग्रेस गठबन्धनसँग र एमाले विपक्षीमा उभिँदा दुवै दललाई घाटा लागेको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया