जितपछि रवि लामिछानेकाे प्रतिक्रिया : ‘म जाँच दिन जाँदैछु, नतिजा ५ वर्षपछि मात्र आउँछ’

 मंसिर ८, २०७९ बिहिबार १३:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचित हुनु भनेकाे विजयी नभइ जाँच दिन जानका लागि सक्षम हुनु मात्र भएकाे बताउनुभएकाे छ । 

आज बिहीवार चितवन २ बा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै लामिछानेकाे फेसबुकमा लेख्नुभएकाे छ, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आज बाट जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्न ।’  

सभापति लामिछानेले आजै दिउँसाे ३ बजे भरतपुर–१० गेस्ट हाउस चौरमा, भोलि शुक्रवार बिहान ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र दिउँसाे ३ बजे शहीद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा धन्यवाद सभा गर्न लागेकाे पनि जानकारी दिनुभएकाे छ ।   

लामिछानेले आफूलाई बधाई दिन आउँदा फूलमाला, अबिर, खादा केही नल्याउन पनि आग्रह गर्नुभएकाे छ । आजैदेखि आफूले काम थाल्ने पनि उहाँले बताउनुभएकाे छ ।

लामिछाने चितवन २ बाट ४९ हजार २ सय ६१ मत ल्याउँदै ३४ हजार १ सय ६२ मतान्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउनुभएको छ । यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया