पूर्व अर्थमन्त्री र याेजना आयाेगका पूर्व उपाध्यक्षलाई हराउँदै चितवन १ मा हरि ढकाल विजयी

 मंसिर ८, २०७९ बिहिबार १६:२५:३५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी हुनुभएको छ । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो ।

ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो ।

एमालेका पाण्डे पूर्व अर्थमन्त्री हुनुहुन्छ भने कांग्रेसका पाैडेल राष्ट्रिय याेजना आयाेगका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

यस क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । खसेकाे मध्ये ३ हजार ६ सय २१ मत बदर भइ ९१ हजार ४ सय २० मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । चितवन क्षेत्र नं २ बाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया