नागरिक उन्मुक्ति पार्टीको दोस्रो जित, कैलाली १ मा रञ्जिता श्रेष्ठ विजयी

 मंसिर ८, २०७९ बिहीबार १७:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी हुनुभएको  छ । श्रेष्ठले ३० हजार ७ सय ४ मत ल्याउनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याउनुभयो । यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९ सय १० मत ल्याउनुभएको छ ।

कैलाली ३ मा यसअघि नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसक्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया