चितवन १ को प्रदेश सभा (ख) मा एकीकृत समाजवादीका कृष्ण खनाल विजयी

 मंसिर ८, २०७९ बिहिबार १७:४३:२७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा एकीकृत समाजवादीका उम्मेदवार कृष्णप्रसाद शर्मा खनाल विजयी हुनुभएको छ ।

उहाँले एमालेका प्रकाश खनाल ‘शैलेस’ लाई पराजित गर्नुभएको हो । पाँच दलीय गठबन्धनका खनालले १५ हजार ५०७ मत ल्याउँदा शैलेसले १४ हजार ७६८ मत ल्याउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम शर्मा खनालले १ हजार ४१९, स्वतन्त्रका राममणि न्यौपानेले ७ हजार ५१९, नेपाल सुशासन पार्टीका अमृत खरेलले १ हजार ४ सय ४८ मत ल्याउनुभयो । अन्य चार उम्मेदवारले भने १०० भन्दा कम मत ल्याएका छन् ।

विजयी हुनुभएका खनाल बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री  हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया