गुल्मी १ मा फेरि प्रदीप ज्ञवाली अगाडि, १२० मतले चन्द्र भण्डारी पछि

 मंसिर ८, २०७९ बिहिबार २२:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य काे चुनिने भन्नेमा राेचक प्रतिस्पर्धा  भइरहेकाे छ । एमालेका  उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ । दुई घण्टा पहिले झण्डै तीन सय मतकाे अग्रता लिनुभएका भण्डारीलाई अहिले प्रदीप ज्ञवालीले उछिन्नु भएकाे छ । अहिले ज्ञवाली १२० मतले अगाडि हुनुहुन्छ ।

पछिल्लाे मत परिणामअनुसार प्रदिप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गर्नुभएकाे छ भने डा चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया