काभ्रे-१ को प्रदेशसभा 'ख' बाट ३ मतले कांग्रेसका तिर्थबहादुर लामा विजयी

 मंसिर ८, २०७९ शुक्रबार ३:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रेपलाञ्चाेक – काभ्रे-१ को 'ख' बाट प्रदेशसभा सदस्यमा कांग्रेसका तिर्थबहादुर लामा विजयी हुनुभएकाे छ । जम्मा तीन मतकाे अन्तरले लामा विजयी हुनुभएकाे हाे ।

लामाले १९ हजार २८० मत प्राप्त गर्नुभयाे । यस्तै उहाँका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत ल्याउनुभयाे । तीन अंककाे झीनाे मतान्तरसहित कांग्रेसका तिर्थ लामा विजयी हुनुभएकाे छ ।

वि.स. २०३१ सालमा जन्मिनुभएका तिर्थ लामा पञ्चायत व्यवस्थाको आन्दोलनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्याे । पञ्चायत, आन्दोलन तथा माओवादी द्वन्द्व हुँदै २०६४ को पहिलो संविधान सभाको चुनावबाट नेपाली कांग्रेसको राजनीति शुरु गर्नुभयाे । पार्टीको १४ औं महाधिवेशनमा उहाँ जिल्ला सभापतिमा निर्वाचित हुनुभयाे ।

कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उहाँ कांग्रेसको पहिलो उम्मेदवार हुनुहुन्छ । २०७० सालको संविधानसभा चुनावमा उहाँ काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित हुनुभयाे । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको त्यस क्षेत्रमा ७० सालमा उहाँले १२ हजार भन्दा बढी मत ल्याएर विजयी हुनुभयाे ।

त्यसपछिको संसदमा व्यवस्थापिका संसदको संसदीय दलको नेता, पार्टीको तर्फबाट संसदीय दलको सदस्य हुनुभयाे । वाम गठबन्धनका कारण २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भने उहाँले पराजय भाेग्नुपरेकाे थियाे । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया