इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – बोर्डर–गाभस्कर ट्रफीअन्तर्गत भारतसँगको चौथो टेस्ट क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । टोलीमा दुई जना खेलाडी परिवर्तन गरेको क्रिकेट अस्ट्रेलियाले जानकारी दिएको छ ।
अस्ट्रेलिया टिमका कप्तान प्याट कमिन्सले चौथो टेस्टका लागि नाथन म्याकस्वीनीको ठाउँमा साम कोन्स्टास र जोश हेजलवूडको ठाउँमा स्कट बोल्यान्डले खेल्ने बताए । १९ वर्षीय कोन्स्टासको यो डेब्यु खेल हुनेछ ।
भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट भोलिदेखि मेलबर्नमा शुरू हुनेछ । पाँच खेलको शृङ्खलामा १–१ को बराबरी छ । पहिलो खेल भारतले र दोस्रो खेल अस्ट्रेलियाले जितेको थियो । तेस्रो खेल भने बराबरीमा सकिएको थियो ।
शृङ्खला जित्नका लागि 'बक्सिङ डे' टेस्ट दुवै टिमका लागि महत्त्वपूर्ण हुनेछ । क्रिसमसको अर्काे दिन अर्थात् डिसेम्बर २६ लाई विश्वका धेरै ठाउँमा 'बक्सिङ डे' भनिन्छ ।
अस्ट्रेलियाकाे प्लेइङ्ग इलाभेन–
उस्मान ख्वाजा, साम काेन्स्टास, मार्नस लाबुशेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्श, एलेक्स केरी (विकेटकीपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लायन, स्कट बाेल्यान्ड ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।