समानुपातिकतर्फ एमालेलाई झण्डै ९ लाख मत, कांग्रेसले ८ लाख ६१ हजारभन्दा धेरै ल्यायो

 मंसिर ९, २०७९ शुक्रबार ६:५७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आइतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना जारी छ । प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमालेको अग्रता कायमै छ ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्म आठ लाख ९७ हजार चार सय ५७ मत पाएको छ । नेपाली कांग्रेसले आठ लाख ६१ हजार ४ सय ४३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३४ हजार २ सय ३३ मतसहित  तेस्रो स्थानमा छ ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले चार लाख दुई हजार ९ सय ४१ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३४ हजार ७ सय ६० मत पाएको छ ।

त्यस्तैगरी जनता समाजवादी पार्टीले १ लाख १४ हजार ३ सय ६५, जनमत पार्टीले ६८ हजार १ सय ६५, एकीकृत समाजवादीले ६२ हजार ६ सय ९०, नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७ सय २७, नेपाल मजदुर किसान पार्टीले ५६ हजार एक सय ८९ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ४ सय ८१ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार ९ सय ७७ मत पाएको छ ।

राष्ट्रिय जनमोर्चाले २१ हजार ९ सय ५१ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार ७ सय १९ मत पाएको छ । नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मत सङ्ख्या १० हजारभन्दा कम छ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया