चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
बाँके - पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा तीन ओटा मोटरसाइकल एक आपसमा ठाेक्किँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
दुर्घटनामा वीरगञ्ज महानगरपालिका–२३, पोखरीयाटोलका ३६ वर्षका राम लोचन पटेल र पर्स मिर्जापुर–१ घर भइ जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय बाबुलाल प्रसाद साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०१७ प ७१८७ नम्बरको मोटरसाइकल र स ९ प १५९१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएका पर्सा वीरगञ्ज महानगरपालिका–२३ सबैठवा घर भएका २४ वर्षीय सोनेलाल प्रसाद यादव, सिरहाको कर्जन्हा नगरपालिका–११ बस्ने वर्ष ५० का चन्देश्वर महतो र महतोकै श्रीमती ४५ वर्षीया जयन्ती कुमारी महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।