धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो विजयी

 मंसिर ९, २०७९ शुक्रबार १०:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी हुनुभएकाे छ।

महतो पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अनिलकुमार झालाई ९ हजार ७०२ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएकाे हाे। महतोले ३३ हजार ३८८ मत प्राप्त गर्दा झाले २३ हजार ६८६ मत मात्रै पाउनु भएकाे छ।

पूर्व मन्त्री समेत रहेकी महताे  यसअघि एमालेको समानुपातिक कोटाबाट दुईपटक सांसद हुनु भएकाे थियाे। 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया