एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
गायक अभिजित भट्टचार्य आजभोलि उनको गीतहरुको भन्दा उनले दिने बयानहरुका कारण चर्चामा आउने गर्छन् ।
बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानसँगको मनमुटावका कारण खानका लागि गीत गाउन बन्द गरेका अभिजितले एक पटक फेरि तिनै शाहरुख खानको बारेमा दिएको बयान यतिबेला चर्चाको विषय बनेको छ ।
अभिजितले एक कार्यक्रममा शाहरुख खानको खिल्ली उडाउँदै भने, ‘मैले मेरो आवाजका माध्यमबाट कैयौंलाई सुपरस्टार बनाएको छु । जहिलेसम्म मैले शाहरुखका लागि गीत गाउँथेँ, तबसम्म उनी रकस्टार थिए । तर जब मैले उनका लागि गीत गाउन बन्द गरँे, त्यस पछि उनी लुङ्गी डान्समा झरे ।’
उनले अगाडि भने, ‘शाहरुखका लागि मैले गीत नगाउनुमा सानो कारण छ । शाहरुखले फिल्म ‘मे हुँ ना’ मा स्पट बोयदेखि फिल्ममा काम गर्ने सबै जनालाई क्रेडिट दिए तर गायकलाई सम्मान दिएनन् । फिल्म ‘ओम शान्ति ओम’ मा पनि यही गरे । यस फिल्ममा रहेको ‘धुम ताना’ बोलको गीतमा मेरो आवाज थियो तर यसमा पनि मलाई कुनै मतलब गरिएन । त्यही भएर मेरो आत्म सम्मानमा ठेस लागेको थियो ।’
अभिजित यतिमै चुप लागेनन् । उनले भने, ‘आजभोलि गायकहरुको आवाजभन्दा उनीहरुको खोकी सुरिलो हुन्छ । उनीहरुको खोकीको आवाजलाई अटो ट्यूनमा हाल्ने हो भने थाहा हुनेछ कि आजभोलि कैयौं गायक यो भन्दा पनि खराब गाउँछन् ।’
शाहरुख खान र अभिजित भट्टचार्यबीच फिल्म ‘मे हुँ ना’ र ‘ओम शान्ति ओम’ को क्रेडिटको विषयलाई लिएर विवाद भएको थियो । त्यसपछि अभिजितले शाहरुखका लागि गीत गाउन बन्द गरेका हुन् ।
शाहरुख अहिले उनको फिल्म ‘जिरो’ को काममा व्यस्त छन् । यस फिल्ममा शाहरुख खानका साथै अभिनेत्री कट्रिना कैफ र अनुष्का शर्मा पनि मुख्य भूमिकामा रहनेछन् । यो फिल्म २०१८ को डिसेम्बरमा रिलिज हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।