एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
चलचित्र ‘चङ्गा चेट’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा एक व्यक्तिले चंगा उडाइरहेका छन् । उसले उडाएको चंगामा चलचित्रका मुख्यकलाकारहरु आयुष्मानदेशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, सन्दीप क्षेत्री र शिशिर बाङदेलको तस्बिर देखाइएको छ ।
एक जना व्यक्ति कैंची लिएर हाँसिरहेका छन्, पोस्टर हेर्दा लाग्छ उनि त्यस चंगामा गासिएको डोरी काट्ने तयारीमा छन् । चलचित्रको मुल कथालाई एउटा पोस्टरमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्देशक दीपेन्द्र के खनालले बताए । अबको केही दिन भित्रमै चलचित्रको ट्रेलरसमेत सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।
चलचित्रमा समावेश गोजीमा दाम छैन बोलको गीत यति बेला चर्चामा छ । माधववाग्ले र शर्मिला पाण्डेले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ भने निरक कँडेलको छायांकन छ । चलचित्रको सम्पादन दीर्घ खड्काले गरेका हुन् ।
चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षापन्त, सन्दीप क्षेत्री र शिशिर बाङदेलको प्रमुख भूमिका रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा को पनि विशेष भूमिका रहेको बताइएको छ । चलचित्र कात्तिक १६ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ । यस अघि दीपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपति प्रसादलाई दर्शकले रुचाएका थिए ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।