चुनावको दिन बाजुरामा २ जनाको ज्यान गएको घटनाबारे आयोगले अनुसन्धान थाल्यो

 मंसिर ९, २०७९ शुक्रबार १४:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको दिन मङ्सिर ४ गते बाजुरामा २ जनाको ज्यान गएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । 

त्रिवेणी नगरपालिका–७ को मतदान केन्द्रमा मतदान सकिनै लाग्दा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सञ्जीव अयडीको ज्यान गएको थियो । यस्तै विद्यार्थी नेतासमेत रहेका त्रिवेणी नगरपालिका ७ का चेतन अयडीको पनि उहाँकै घरमा कुटपिट गरेर  विभत्स तरिकाले हत्या भएको थियो । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली बाजुरामा खटिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

टोलीलाई आवश्यक सहयोग गरिदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैसँग आयोगले अनुरोध पनि गरेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया