चुनावमा सोचेजस्तो परिणाम आएन, गठबन्धनमा गम्भीर छलफल गर्छाैँ : प्रचण्ड

 मंसिर ९, २०७९ शुक्रबार १५:०:१९ | किरण लोहनी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको बताउनुभएको छ ।

गोरखाबाट निर्वाचित भएपछि आयोजना गरिएको धन्यवाद सभामा बोल्दै प्रचण्डले जुन उद्देश्य र लक्ष्य लिएर गठबन्धन गरिएको चुनावबाट त्यो पूरा नभएको बताउनुभयो । उहाँले आफूले गोरखाका अन्य कार्यक्रमलाई थाती राखेर काठमाण्डौमा गठबन्धनका नेताहरूसँग तुरुन्तै छलफल थाल्ने पनि बताउनुभएको छ । 

‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ, तर हामीले सोचेजस्तो परिणाम भएन भन्ने पनि छ, नसोचेका केही कुरा भए, त्यसैले यहाँ सकेर तुरुन्त काठमाण्डौ जानु पर्ने भएको छ’ प्रचण्डले भन्नुभयो ‘गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ, अपेक्षा गरेको जस्तो भएन, गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ  ।’ 

प्रचण्डले ७५ वर्ष लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभयो ‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु, यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो, हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ, अब पनि त्यस्तै पहल आवश्यक देखियो ।’ 

अन्तिम अपडेट: चैत ७, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया