पाल्पा १ मा झण्डै ११ हजार मतान्तरसहित एमालेका आचार्य विजयी

 मंसिर ९, २०७९ शुक्रबार १५:५६:८ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका नारायणप्रसाद आचार्य विजयी हुनुभएको हो ।

कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पछि पार्दै आचार्य विजयी हुनुभएको हो । उहाँले ३१ हजार १ सय ३ मत प्राप्त गर्नु भएको छ । 

कांग्रेसका गाहाले १० हजार ८ सय ४७ मत ल्याउनुभयो । पाल्पा क्षेत्र नम्बर १ मा  ५८ हजार ४ सय ९१ मत खसेको थियो । क्षेत्र नम्बर १ मा आचार्य र गाहासहित विभिन्न दलका ६ जना र ४ जना स्वतन्त्रको उम्मेदवारी थियो । 

प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार विपिन कँडेलले  २ हजार ८ सय ६३ मत, मंगोल नेशनल अर्गनाईजेशनका थमनबहादुर बुढा मगरले २ हजार ४५, राप्रपाका ज्ञान बहादुर सिंजालीले २५८ मत, जसपाका मेहरमान रानाले ८७, स्वतन्त्र उम्मेदवारहरू राजु सुनारले ६८, नारायण न्यौपानेले २७ र डोलराज तिमिल्सिनाले १० मत प्राप्त गर्नुभएको छ । 

प्रतिनिधि सभामा निर्वाचित आचार्य २०७४ सालमा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया