विश्व कपमा इरानले वेल्सलाई हरायाे

 मंसिर ९, २०७९ शुक्रबार १७:५३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतारमा चलिरहेको विश्व कप फुटबल अन्तर्गत आज शुक्रवारको पहिलो खेलमा इरानले वेल्सलाई हराएको छ ।

केहीबेरअघि सकिएको खेलमा इरानले वेल्सलाई २–० गोलले हरायो । इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन रेजियानले गोल गरे ।

वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो । आजको जितसँगै इरान दुई खेलमा तीन अङ्क जोडेर समूह 'बी' को दोस्रो स्थानमा पुगेको छ । वेल्स १ अङ्कसहित पुछारमा पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया