इलाम २ मा सुवास नेम्वाङ १ सय ३० मतले अघि

 मंसिर १०, २०७९ शनिबार १४:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलाम क्षेत्र नम्बर २ मा मतगणना चलिरहँदा नेकपा एमालेका सुवास नेम्वाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे छ । 

मतगणना सुरु भएदेखि नै कहिले नेम्वाङ र कहिले खड्काले अग्रता लिएकाे याे क्षेत्रमा पछिल्लाे पटक नेम्वाङले अग्रता लिइ रहनुभएकाे छ । एमालेका नेम्वाङले १ सय ३० मतले अघि देखिनुभएकाे हाे । 

पछिल्लाे परिणामअनुसार नेम्वाङले २९ हजार १ सय ३५ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २९ हजार ५ मत ल्याउनुभएकाे छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया