बाजुराकाे बूढीनन्दा ५ मा मतदान सम्पन्न, ५ सय ९७ मत खस्याे

 मंसिर १०, २०७९ शनिबार १७:३७:३६ | निमेन्द्र शाही
unn.prixa.net

बूढीनन्दा ५ काे केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : निमेन्द्र शाही

काठमाण्डाै – बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ मा मतदान सम्पन्न भएको छ । 

गएको आइतवार (मङ्सिर ४ गते) मतदानका क्रममा झडप भएपछि स्थगित भएको मतदान केन्द्रमा आज शनिवार मतदान भएको हो । आज मतदान भएको केन्द्रमा ९ सय ९९ जना मतदाता रहेकामा ५ सय ९७ मत खसेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । 

त्रिवेणी नगरपालिकामा गएकाे आइतवार मतदानका क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो भने कुटपिटमा परि अर्का एक जनाको ज्यान गएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ । 

यस्तै बाजुराका अरू २४ वटा मतदान केन्द्रमा पनि पुनः मतदानको माग गर्दै उजुरी परेको छ । विवादित बनेको त्रिवेणी, बूढीगङ्गा लगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो । एमालेले १६ र कांग्रेसले ८ वटा मतदान केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दिएका छन् । उजुरीमाथि निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय टोली बाजुरा पठाएको छ । टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया