भक्तपुरमा दुर्घटना :  एक जनाको ज्यान गयो, एक जना घाइते

 मंसिर ११, २०७९ आइतबार ८:४८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति सवा ११ बजे मध्यपुर नगरपालिका-६ पुरानो थिमिमा बाग्मती प्रदेश–०१०२३ च ४२५३ नम्बरको भ्यान र बा १० प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक भक्तपुर नगरपालिका क्वाँछेका २८ वर्षका सिजन फसिकवाको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा पौने १२ बजे ज्यान गएको हो ।

यस्तै, दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने भक्तपुर नगरपालिका-७ का सुनिल ग्वाछा घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ । भ्यान चालकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया