बाजुरामा मतगणना अनिश्चित

 मंसिर ११, २०७९ आइतबार ११:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा - बाजुरामा मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।

चुनावका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा ज्यान गुमाएका व्यक्तिको नाममा समेत मत हालेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः चुनाव गर्न माग गर्दै उजुरी दिएको छ ।

यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र ज्यान गुमाएका व्यक्तिको नामामा समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः चुनावको माग गर्दै आयोगमा उजुरी दिएको छ ।

कांग्रेस र एमालेले पुनः चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानबिन समिति टोलीले बाजुरा पुगेरै अध्ययन थालेको छ ।  

जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर टोली आज काठमाण्डौ फर्किने छ । टोलीले बुझाएको प्रतिवेदन पछि निर्वाचन आयोगले उजुरी परेका ठाउँमा गणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा निर्णय गर्नेछ। आयोगको निर्णयको पर्खाइमा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया