इलाम-१ बाट प्रतिनिधिसभा सदस्यमा झलनाथ खनाललाई पराजित गर्दै महेश बस्नेत विजयी

 मंसिर ११, २०७९ आइतबार १६:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ । बस्नेतले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६ सय ४ मतान्तरले पराजित गर्नुभयो ।

महेश बस्नेतले २५ हजार ६ सय ४९ ल्याउनुभयो भने पराजित हुनुभएका झलनाथ खनालले २३ हजार ४५ मत ल्याउनुभयो । यो क्षेत्रमा मतदानमा धाँँधली भएको भन्दै झलनाथ खनालले भने पुन: मतदानको माग गर्नुभएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले भने विवाद भएको एउटा मतदान केन्द्रको पुन: मतगणना गरेको छ । पुन: मतदान भने नहुने भएको छ । समानुपातिकको बाकसमा पनि केहि प्रत्यक्षतर्फका मतपत्र भेटिएकाले समानुपातिकको पनि गणना सकिएपछि मात्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिने मूख्य निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया