दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने

 मंसिर ११, २०७९ आइतबार १८:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा आयोगको आज बसेको बैठकले ४ वटा मतदानस्थलका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

ती मतदान केन्द्रहरुमा आउँदो १५ गतेभित्र मतदान गर्नेगरी मिति तोक्न मुख्य निर्वाचन अधिकृतको कार्यालय देलखालाई निर्देशन दिएको उहाँले बताउनुभयो । 

मंसिर ४ गते दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालयको मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख तथा वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान स्थलका क, ख, ग मतदान केन्द्रमा भएको मतदान रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताउनुभयो ।   
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया