सुनसरी-३ मा एमालेकी चौधरी कांग्रेसका गच्छदारभन्दा ४ हजार ६६० मतले अगाडि

 मंसिर ११, २०७९ आइतबार १९:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार नेकपा एमालेकी भगवती चौधरीभन्दा चार हजार ६६० मतान्तरले पछाडि हुनुहुन्छ । 

सुनसरी ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले दिएको जानकारी अनुसार अहिलेसम्म यो क्षेत्रमा ५९ हजार ९८१ मतगणना सकिएको छ । जसअनुसार नेकपा एमालेकी उम्मेदवार चौधरीले २६ हजार ४५ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै, कांग्रेसका गच्छदारले २१ हजार ३८५ मत प्राप्त गर्नुभएकाे छ । यो क्षेत्रमा कुल ९२ हजार ३ सय मत खसेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया